कांग्रेसले मुस्ताङबाट खोल्यो खाता : २८ वर्षीय योगेश थकाली निर्वाचित

16

काठमाडौं ।

नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

प्रतिनिधि सभामाको एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका युवा नेता २८ वर्षीय योगेश गौचन थकालीले एमालेका उम्मेदवार ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

कांग्रेसका गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गर्न बाकी छ । योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्।