ललितपुर– २ मा एमालेका महर्जन निर्वाचित

33

काठमाडौं– प्रतिनिधि सभामा नेकपा (एमाले)ले खाता खोलेको छ।

ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन निर्वाचित बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ९ हजाकर ५३९ मतसहित चौथो स्थानमा रहेका छन् । मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।

यसअघि मनाङबाट नेपाली कांग्रेसले खाता खोलेको थियो ।