चितवन २ मा रवि अगाडि, श्रेष्ठ दोस्रोमा

29

चितवन ।

चितवन क्षेत्र न २ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फराकिलो अन्तर बनाउँदै अगाडि बढेका छन् । उनले ३ हजार ९४९ मत पाएका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार एवं मन्त्री उमेश श्रेष्ठ रहेका छन् । उनले ३ हजार १७७ मत पाएका छन् ।

तेस्रो स्थानमा सोही क्षेत्रबाट चुनाव जित्दै आएका नेकपा एमालेका कृष्णभक्त पोखरेल रहेका छन् । पोखरलेलले २ हजार ७१२ मत पाएका छन् ।