आगलागी हुँदा गाैरमा तीन बालबालिकाको मृत्यु

34

अंकुश संवाददाता/सत्येन्द्र प्रताप सिंह
रौतहट ।
रौतहटको गौरमा आगलागी हुँदा ३ जना बालबालिकाको ज्यान गएको दुःखद खबर छ भन्ने ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
गएराती आगलागी हुँदा रूकसाना खातुन,ईमरान मन्सुरी र सबिना खातुनको ज्यान गएको हो ।
गौर नगरपालिका १ को इस्लाम कपडा तथा सिरक डसना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
यो पसल गौर नगरपालिका १ मा रहेको थियो ।
घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाको थप जानकारी आउन बाँकि रहेको छ ।