महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको २२औं साधारण सभा सम्पन्न

46

अंकुश संवाददाता,
बिरगंज।

महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा आज बिहिबार गहवामाई मन्दिरको अतिथी सदनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा उपाध्यक्ष अमर राजभणारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले संस्थाको कुल आम्दानी रु.५ करोड ६९ लाख, खर्च रु. ३ करोड ०५ लाख संचालन मुनाफा रु.२ करोड ६४ लाख भएको र सदस्यहरुलाई १८% प्रतिशत लाभांश वितरण गर्न संस्था सफल भएको समेत जानकारी गराउनु भयो । संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत गहवामाई मदिरको अतिथी सदनलाइ सौन्दर्यकरणको लागि रु ६ लाख ३९ हजार दिने समेत निर्णय गरिएको अध्यक्ष गौतमले जानकारी गराए ।

कार्यक्रममा प्रमुख अतिथि पर्सा बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित, सेयर धनी सदस्य मोहन सोनार र उपेन्द्र पंडितले शुभकामना व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन अधिवक्ता बालमुकुन्द खरेलले गर्नु भएको थियो ।