राैतहट २ (ख) काे प्रदेश सभा सदस्यमा कनिश पटेल विजयी

20

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।
राैतहट २ (ख)बाट नेकपा एसका उम्मेदवार कनिश पटेल विजयी भएका छन् । एमाले-जसपा गठबन्धनका उम्मेदवार रामकिशाेर यादव लाई पराजित गर्दै पटेलले विजय निकालेका हुन् ।
पटेलले १० हजार ४२४ मत प्राप्त गर्दा यादवले १० हजार ३३ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार मनाेज यादवले ५ हजार २६५ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र प्रसाद जयसवालले ५ हजार २ सय ४४ मत पाएका छन् ।
यस अघि रामकिशाेर यादव २०७४ सालकाे चुनावमा निर्वाचित भएका थिए । यस पालि उनी याे क्षेत्र बाट पटेल सँग पराजित भएका हुन् ।