रौतहट ४ बाट देव प्रसाद तिमलसेना ७ हजारभन्दा बढी मतले विजयी

20

सत्येन्द्र प्रताप सिंह,रौतहट ।
रौतहट ४ बाट नेपाली काँग्रेसका देव प्रसाद तिमलसेना विजयी भएका छन् । उनले एमालेका उद्धव प्रसाद रेग्मीलाई ७ हजारभन्दा बढी मतले पराजित गरे ।
तिमलसेनाले ३४ हजार १ सय ६१ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रेग्मीले २६ हजार ५५९ हजार मत ल्याएका छन् ।
अघिल्लो निर्वाचनमा तिमलसेना यसै क्षेत्र बाट निर्वाचित भएका थिए ।