Home समाचार प्रधानाध्यापक सरूवा भएको भन्दै बिधार्थीहरूद्वारा विरोध प्रदर्शन

प्रधानाध्यापक सरूवा भएको भन्दै बिधार्थीहरूद्वारा विरोध प्रदर्शन

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहटको मध्य भागमा रहेको गरुडामा बिधार्थीहरूले प्रधानाध्यापक सरूवा भएको विषयलाई लिएर विरोध प्रदर्शन गरेका छन् । श्री नमूना माध्यमिक बिधालय गरूडाका प्रधानाध्यापक प्रभु राउत र श्री मावि श्रीपुरका प्रधानाध्यापक रामअधार पासवानको सरूवा गर्न पाँइदैन् लगायतका नारा लगाउँदै नगरपालिकाको कार्यालय अगाडि पुगेर बिधार्थीहरूले नारावाजी गरेका थिए । दुवै बिधालयका बिधार्थीहरुले भिन्न भिन्नै प्रदर्शन गरेका हुन् ।
केही दिन अघि गरूडा नगरपालिकाको शिक्षा शाखाले कार्यपालिकाको निर्णय अनुसार ३ जना प्रअ र २ जना सहायक प्रअको सरुवा गरेको हो । शिक्षा शाखाले कार्यपालिकाको निर्णयलाई कार्यान्वयन गरेको बताउँदै आएको हो । तिन वटा बिधालयहरु श्री मावि गरुडा,श्री मावि श्रीपुर र श्री मावि जिंगडियाका प्रधानाध्यापकलाई सरुवा गरिएको शिक्षा संयोजक सुबोध चौधरीले जानकारी गराएका थिए ।
प्रअ राउतले आफनो सरूवा सरूवा बदर गर्न नि.प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवलाई पत्र बुझाएका थिए भने बुधबार अभिभावकहरूले नगरप्रमुख कन्थमनी जयसवाललाई यस विषयमा ध्यानाकर्षण गराएका थिए ।
यता गरुडा नागरपालिकाले शिक्षक सरुवा बिरुद्ध सरुवा बदर गर्न श्री मावि श्रीपुरका बिधार्थीहरुले प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादव लाई ज्ञापन पत्र बुझाएका हुन् ।
यस विषयमा गरुडा नगर भित्रका बिभिन दलका नेता , समाजिक अभियन्ता, अभिभावक बिच छलफल भइ विधार्थीहरु द्वारा समेत गरिएको आन्दोलनको मर्म लाई बुझदै बिधालयको पक्षमा निर्णय लीने विषयमा ब्यापक छलफल भएको छलफलमा सहभागी एक नेताले जानकारी गराए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.