Home समाचार  अवैध संञ्चालनमा रहेका चार क्रसर उधाेग बन्द

 अवैध संञ्चालनमा रहेका चार क्रसर उधाेग बन्द

by अंकुश दैनिक
1 views

सत्येन्द्र प्रताप सिंह,

रौतहट ।
गृह मन्त्रालयको निर्देशनपछि राैतहटमा अवैध रूपमा संञ्चालनमा रहेको क्रसरहरू बन्द गराएको हो । गत २० पुसमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्रअनुसार जिल्लामा वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराईएको हो ।
मन्त्रालयको परिपत्रको पालना गर्दै नियमविपरीत अवैध रुपमा सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख प्रशासकिय अधिकृत मनिभुषण साहले दिएको जानकारी अनुसार क्रसर उद्योग निरीक्षणको क्रममा दर्ता नभई वृन्दावन नगरपालिका–६ मा सञ्चालित रामजानकी क्रसर उद्योग, गुजरा नगरपालिकामा रहेको गुजरा क्रसर उद्योग एण्ड निर्माण कम्पनी, चन्द्रपुर नगरपालिका–८ मा रहेको आश्रय अक्सफार्ड एण्ड क्रसर उद्योग बन्द गरिएको हो ।
त्यसैगरी कटहरिया नगरपालिका–४ मा सञ्चालित सञ्जु क्रसर उद्योग पनि बन्द गरिएको हो ।
दर्ता भएको तर नवीकरण नगराई मापदण्ड विपरीत सञ्चालित वृन्दावन नगरपालिका–१ को शंकर मोचन वासिङ्ग उद्योग र वृन्दावन नगरपालिका–१ मा नै रहेको शिवम वालुवा वासिङ्ग उद्योगलाई पनि हाललाई बन्द गरिएको उनले बताए ।
बन्द गरिएको उद्योगहरुलाई नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्, संकलन र बिक्री वितरण गर्न समेत बन्देज गरिएको हाे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.