Home मुख्य समाचार नेपाल सरकारका उपसचिव दास दोहोरो नागरिक

नेपाल सरकारका उपसचिव दास दोहोरो नागरिक

by अंकुश दैनिक
2 views

अंकुश संवाददाता,
बिरगंज ।

बिरगंजका केही व्यापारी र सर्वसाधारणले मात्र नभई सडक विभागको उपसचिव रविन्द्रलाल दासले दोहोरो नागरिकता लिएको पोल खुलेको छ। दास अहिले सडक विभाग मातहत सूर्यविनायक–धुलिखेल–बर्दिबास सडक आयोजनामा प्रमुखकाे हैसियतमा कार्यरत छन् ।

उनै दास र उनका परिवारले समेत दोहोरो नागरिकता लिएको भन्दै प्रधानमन्त्री कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार लगायत जिल्ला प्रशासन कार्यालय पर्सामा समेतमा उजुरी परेको छ ।

दासले बिहारकाे मधुबनी जिल्ला खजौलीकाे मतदाता सूचीमा आफ्नो र अफ्नो परिवारको नाम दर्ज गराएका छन । नेपालमा कमाएको पैसाबाट दासले अफ्नो श्रीमती माल्भिका र छोरा उत्कर्षकाे नाउँमा भारतको नयाँ दिल्ली, द्वारिका, नोएडा, गुडगाउँ गरी चार ठाउँमा फ्ल्याट खरिद गरेको बुझिएको छ।

नेपालमा भ्रष्टाचार गरी कमाएको सम्पतिबाट अफ्नो ससुराली भारतकाे मधुबनी जयनगर खाजौलीमा समेत सम्पति जोडेका छन भने छोरालाई बंगलादेशमा डाक्टरी पढाइ रहेको वुझिएको छ।

दासकाे नागरिकताकाे सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सँग बुझ्दा दासकाे नागरीकता जनकपुरबाट लिएको देखिन्छ छोराकाे नागरीकता यहाँबाट लिएको देखिन्छ अब गृह मन्त्रालयबाट आएको यो फाइल जनकपुर पठाई दिने भन्दै प्रजिअ ढकालले सस्तोमा गाडी खरिद गर्न दासले यो हतकान्डा अपनाएको आफूलाई बताएको बताए।

दासले दोहोरो नागरिकता लिएको पुष्टि भएमा नेपाली नागरिकता रद्द हुनुका साथै एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.