Home समाचार प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

by अंकुश दैनिक
0 views

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एअरलाइन्सको एटीआर ७२ जहाज दुर्घटनामा परेपछि दुर्घटनाप्रत दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
दुर्घटनाप्रति प्रचण्डले दु:ख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।

यस्तै प्रधानमन्त्री प्रचण्ड दुर्घटनाको विवरण बुझ्न त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन्। उक्त विमानमा चालकदलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.