Home मुख्य समाचार ६८ जना यात्रु बोकेको यतीको जहाज पोखरामा दुर्घटनाग्रस्त

६८ जना यात्रु बोकेको यतीको जहाज पोखरामा दुर्घटनाग्रस्त

by अंकुश दैनिक
1 views

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार छन् ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ ।

थप विवरण प्राप्त हुन सकेको छैन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.