Home समाचार आर्थिक संकटमा नर्सरी व्यवसायी

आर्थिक संकटमा नर्सरी व्यवसायी

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
विरूवाहरूको उचित मूल्यमा बिक्री नहुँदा नर्सरी व्यवसाय संकटमा पर्दै गएको हो। कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रष्टोकाका नर्सरी व्यवसायीहरू अहिले आर्थिक संकटको सामना गरिरहेका छन् । उनीहरु नर्सरी व्यवसाय छोडेर विस्थापित हुने अवस्था सृजना भएको छ ।
पहिला चलन चलतीमा रू५० मा बिक्री हुने बिरुवा अहिले २० देखि २५ रूपैयाँ बिक्री हुन थालेपछि नर्सरी व्यवसायीहरू मर्कामा परेका हुन् । पहिला बिरुवा अधिकतम् ७५ रूपैयाँ सम्म पनि बिक्री हुन्थ्यो ,त्यति बेला नर्सरी पेशामा लागेकाहरू मनग्ये आम्दानी गर्थे । तर अहिले भने त्यस्तो अवस्था छैन् ।
गाउँको ९९ प्रतिशत मानिसहरू पहिला नर्सरी व्यवसाय गर्थे तर अहिले विरूवाको उचित मूल्य नपाउँदा आधि जतिले यो पेशा बाट निराश भइ अर्काे पेशा रोज्न बाध्य भएका छन्।
दर्जनौं व्यवसायीले व्यवसायबाट पलायन हुने अवस्था आएको छ ।
बर्षाैंदेखि कटहरिया ३ बिर्ती प्रष्टोकामा दिलिप फलफूल नर्सरी सञ्चालन गर्दै आएका बिदयालाल रौनियारले नर्सरी व्यवसायमा बिरूवाको उचित मूल्य नमिल्दा चल्नै नसक्ने अवस्था आएको छ । उनले भने, ‘नर्सरी व्यवसायमा काम गर्ने कामदारहरूको पारिश्रमिक पुर्याउन समेत धौ–धौ भइरहेको छ,घाटा खाएर काम गर्नु पर्ने बाध्यता छ । हामी अब गर्ने के त? पेशा छोड्न पनि सकिदैन । हामी दोधारमा आइ पुग्या छौ? जिम्मेवार निकायले हाम्रो कुरा नसुनिदिएका कारण यस्तो समस्या आएको हो ।

बिर्तिमा अधिकांश मानिसहरू नर्सरी व्यवसाय गर्छन् । उनीहरूलाई बिरुवा बेच्न पनि अहिले गाह्रो छ । देशमा तीन तहको सरकार छ । तर तिनै तहको सरकारले नर्सरी व्यवसायीको पीडा नबुझदा यस्तो अवस्था हुन पुगेको नर्सरी सञ्चालकहरूको गुणासो छ । खासगरी स्थानीय सरकारले यस प्रति विशेष ध्यानदिनु पर्ने हो । तर स्थानीय तहको ध्यान नै पुगेको छैन् । यदि सरकारले समयमा ध्यान नदिने हो भने नर्सरी व्यवसायी झन संकटमा पर्ने निश्चित छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.