Home समाचार विमान दुर्घटनाका मृतकहरुको सम्झनामा रौतहटकाे बिपि चोकमा दिप प्रज्वलन

विमान दुर्घटनाका मृतकहरुको सम्झनामा रौतहटकाे बिपि चोकमा दिप प्रज्वलन

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
काठमाडौबाट पोखराको लागि उडान भरेको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा रौतहटको सदरमुकाम गौर बि पि चोकमा दीप प्रज्वलन गरिएको छ। सोमबार साँझ संचारकर्मी तथा स्थानीयहरुले दिप प्रज्वलित गरी मृतकप्रति श्रद्धाञ्जलि ब्यक्त गरेका हुन ।
यसै गरी स्वतन्त्रबाट रौतहटको क्षेत्र नं १ का बिधायक प्रत्याशी बिक्रम यादवले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वाथ्य लाभको कामना गरे। दुर्घटनाको छानविन गरेर दुर्घटनाको कारण सार्वजनिक हुनुपर्ने माग गरे। यस्तो दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायले सतर्कता अपनाउनुपर्ने उनको सुझाव रहेको छ ।
मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको छ । काठमाडौंबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर–७२ को बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो ।
सो श्रध्दान्जलीमा अंकुश दैनिकका रौतहट प्रतिनिधि सत्येन्द्र प्रताप सिंह, संतोष पौडेल, संजय सहनी, जितेन्द्र दास, चन्दन महतो, आर एन साह, लनन यादव लगायतहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.