Home समाचार बिरगंजका अमित चौधरी प्रवासी भारतीय सम्मेलनमा सहभागी

बिरगंजका अमित चौधरी प्रवासी भारतीय सम्मेलनमा सहभागी

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,
बिरगंज ।
भारतमा आयोजित १७ औं प्रवासी भारतीय सम्मेलनमा बिरगंजका निवासी अमित चौधरी नेपालका प्रतिनिधि बनेर सहभागी हुनुभएको थियो ।

जनवरी ८, ९ र १० तारीख भारतको इंदौर शहरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, मध्य प्रदेश राज्यका मुख्यमंत्री शिवराज सिंह चौहान र विदेश मंत्री जयशंकरको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा चौधरीको विशेष उपस्थिति रहेको थियो ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवको विशेष आमन्त्रणमा चौधरीको उक्त कार्यक्रममा सहभागी भएका थिए ।

अमित चौधरी बिरगंज राउंड टेबल नं. १३ का चार्ड सेक्रेटरी र काठमाडौं लायंस क्लब समर्पणका फर्स्ट वाइस प्रेसिडेंट हुन । उहाँ ओम प्रकाश चौधरी (टायर वाला)का छोरा हुन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.