Home समाचार कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

by अंकुश दैनिक
0 views

काठमाडौं ।

प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ९ बजे बस्ने बैठकमा सभामुखमा उम्मेदवारीबारे औपचारिक निर्णय हुनेछ ।

मंगलबार बसेको सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।

कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने छ ।

प्रतिनिधि सभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.