Home मुख्य समाचार दुई सातामै हृदयघातले तिन जनाको अकालमै मृत्यु, हृदयरोगीहरु जाडोबाट बच्न डा. सिंहको सुझाव

दुई सातामै हृदयघातले तिन जनाको अकालमै मृत्यु, हृदयरोगीहरु जाडोबाट बच्न डा. सिंहको सुझाव

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार,
वीरगंज ।

पर्सामा हृदयघात हुनेहरुको संख्या बढ्न थालेको छ। विगत दुई साताभित्रमा नारायणी अस्पतालमा एक जना उपचारको क्रममा र २ जना बाटोमै हृदयघातले अकालमै ज्यान गुमाउनु परेको हो ।

तराईमा बढ्दै गएको चिसोले गर्दा हृदयघात हुनेहरुको संख्या बढेको नारायणी अस्पतालका आकस्मिक विभागका प्रमुख एवं सुचना अधिकारी डाक्टर उदय नारायण सिंहले जनाएका छन् ।

३ जना उपचार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ भने बाकी २ दुई जना निको भएर घर फर्किसकेको डाक्टर सिंहले बताए । शंकास्पद हृदयघात भएका दुई जनालाई अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भईसकेकाे उनले बताए ।

उनले यस्तो जाडोको समयमा अरु कोही पनि यस्तो अकालमै ज्यान गुमाउनु नपरोस भनेर केही सुझाव समेत दिएका छन्। उनले जाडोयाममा न्यानो कपडा तातो खानेकुरा खाने, जाडो समयमा मुटु बिमारी, दमका बिमारी, दिर्घरोगीहरु बिहान बेलुकी घर बाहिर ननिस्कन यदि कसैले औषधि सेवन गरिरहेका छन् भने नियमित रूपमा औषधि सेवन गर्नुपर्ने बताएका छन्।

डा. सिंहले अरु बेलाभन्दा जाडोयाममा रक्तनलीहरु खुम्चिने अर्थात भ्याकुममा समस्या हुने भएकोले राम्रोसंग रगत संचालन नहुँदा श्वासप्रश्वासमा असर पर्ने, कहिले काही छाती दुख्ने, छातीमा पसिना आउने र श्वासप्रश्वासमा समस्या भएको बेला तुरुन्त डाक्टरसंग सल्लाह सुझाव लिनुपर्ने लगायतका कुराहरु बताएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.