Home समाचार बेवारिसे अवस्थामा युवाको शव फेला

बेवारिसे अवस्थामा युवाको शव फेला

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
राैतहट ।
राैतहटको ईशनाथ नगरपालिकामा एक अज्ञात युवाको शव फेला परेको छ । विहिबार बेलुका ५ बजे अन्दाजी २५-३० बर्ष उमेरका एक युवाको शव बेवारिसे अबस्थामा स्थानियले फेला पारेको हो ।

रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ४ लतमरी टोलदेखि भारतको कुन्डवा चैनपुर बोर्डर तर्फ जाने सडक छेउमा अज्ञात युवाको शव पेला परेको स्थानियले बताएका छन । सो सडक हुदै स्थानिय आवतजावत गर्ने क्रममा स्थानियले बेवारिसे अबस्थामा मृत शव देखेपछि प्रहरीलाई खबर गरेको थिए । शवको नाम र ठेगाना केही खुल्ल नसकेको प्रहरीले जनाएको छ ।

सडक किनारमा परालभित्र उतानो परेको अबस्थामा सो शव भेटिएको स्थानियले उदृत गर्दै प्रहरीले जनाएको छ । स्थानियले प्रहरीलाई खबर गर्न साथ प्रहरी घटना स्थल पुगेर शव बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.