Home समाचार रौतहट कुखुरा व्यावसायी संघको अध्यक्षमा साह निर्वाचित

रौतहट कुखुरा व्यावसायी संघको अध्यक्षमा साह निर्वाचित

by अंकुश दैनिक
0 views
सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहट कुखुरा व्यावसायी संघको अध्यक्षमा हरिशंकर साह निर्वाचित हुनु भएको छ । शनिबार रौतहटको गौरमा सम्पन्न पहिलो अधिवेशनले हरिशंकर साहको अध्यक्षतामा ११ सदस्यीय रौतहट कुखुरा व्यावसायी संघको नया कार्यसमिति चयन गरेको छ । सो अधिवेशनले उपाध्यक्षमा रंजित राम , कोषाध्यक्षमा उमाशंकर साह , सचिवमा राधेश्याम साह लगायत ११ सदस्यीय कार्यसमिति चयन गरेको नवनिर्वाचित अध्यक्ष हरिशंकर साहले अंकुशलाई जानकारी दिनु भयो । अगामी दिनमा कुखुरा पालन व्यवसायमा किसानहरुको पक्षमा विभिन्न संघसंस्था तथा अन्य सम्बन्धित निकायहरुमा आफ्नो समस्या र सो समस्या समाधानमा आफुहरु लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.