Home मुख्य समाचार संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको निधन

संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको निधन

by अंकुश दैनिक
0 views

काठमाडौं।

मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनकाे उपचारका क्रममा बुधबार विहान निधन भएकाे प्रहरीले जनाएकाे छ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए। शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।

प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्‍याएकाे थियाे । चिकित्सकहरूले आचार्यकाे शरीरकाे ८० प्रतिशत भाग जलिसकेकाे बताएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.