Home मुख्य समाचार रोड नामाकरणप्रति स्थानीयवासीको विरोध

रोड नामाकरणप्रति स्थानीयवासीको विरोध

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता
बिरगंज ।

लिंकरोड पिप्रालाई एमजी (महात्मा गाँधी)रोड नामाकरण गर्ने तैयारी भएकोमा लिंक रोड पिप्रा टोल विकास समिति लगायतका स्थानीयवासीले आपत्ति जनाएका छन्।

समितिका अध्यक्ष हरि प्रसाद गौतमले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिरगंज महानगरपालिका वडा नम्बर १४ चिनीमिल आवासक्षेत्र अगाडीको लिंकरोड़ पिपरालाइ महात्मा गाँधी रोड नामकरण गर्ने निर्णयप्रती आपत्ति जनाएका हुन् ।

अध्यक्ष गौतमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, “वीरगंज महानगरपालिका वडा नं. १४ चिनिमिल आवास क्षेत्र अगाडीको लिंकरोड पिप्रालाई एमजी रोड नामकरण गर्ने तयारी भइरहेको अनौपचारिक रुपमा जानकारी आएकाले टोल विकास समिति लिंकरोड़ पिप्राको ध्यानाकर्षण भएको छ ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण भएको यो राडेको नामाकारण महात्मा गांधी(एम.जी.) को नाममा गर्ने निर्णयले पिप्राको ऐतिहासिक महत्त्वलाई आक्रमण तथा धूमिल्याउने प्रयास भएको हामीलाई लागेको छ। वीगंज महानगर पालिकामा टोल विकास समिति दर्ता छ। महानगरले नै यो रोडको नाम लिंकरोड़ पिप्रा स्थापित गरेको छ।

वडा र टोलका सरोकारवालासँग कुनै समन्वय, सल्लाह र उनीहरूको सहभागीता विना गरिएको तयारीले हामी आफै आश्चर्यचकित भए‌का छौँ। हाम्रो संस्था र वार्डका नागरिकको भावना विपरीत पिप्राको ऐतिहासिक पहिचानको निरन्तरतालाई अवरोध सिर्जना गरिएको ठान्दछौँ। नागरिकको मर्म र भावना विपरीत गर्न लगिएको यो काम तत्काल तत्काल रोकी नागरिक भावनाको सम्मान गर्न अनुरोध गर्दछौँ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.