Home समाचार श्री जनता मावि सोनरनियमा आँखा तथा कान शिविर सम्पन्न

श्री जनता मावि सोनरनियमा आँखा तथा कान शिविर सम्पन्न

by अंकुश दैनिक
1 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
श्री जनता माध्यमिक बिधालय सोनरनियाका बालबालिकाहरुलाई लक्षित गर्दै आयोजना गरिएको आँखा तथा कान शिविर सम्पन्न भएको छ । आँखा र कान सम्बन्धी स्वास्थ्य समस्या भएका बालबालिकाहरुको लागी शिविर सञ्चालन गरिएको थियो । मौलापुर नगरपालिका वडा न. ८ र ९ सोनरनियमा पर्ने सो बिधालयमा एक दिने आँखा तथा कान सम्बन्धी शिविर सम्पन्न भएको हो ।
शहिद दिवसको अवसर पारेर आरडिसि नेपालको अयोजना तथा श्री जनता मावि सोनरनियाको समन्वयमा शिविर सञ्चालन भएको हो । शिविरमा आँखा अस्पताल पुरेनवाका चिकित्सकहरुले आँखा र कान सम्बन्धि चेकजाँच गरेका थिए ।
सो बिधालयमा आयोजित शिविरमा सयौं बालबालिकाहरुले सेवा लिएका छन् । जसमा कक्षा १ देखि ३ सम्मका बालिबालिकाहरुको आँखा र कान चेकजाँच गरिएको बताइएको छ । शिविरमा डा.अफताब आलमले ती बालबालिकाहरुको आँखा र कान चेकजाँच गरेको बिधालयका प्रधानाध्यापक दिनेश यादवले जानकारी गराए ।
शिविरमा बिधालयका शिक्षक,शिक्षिका लगायत बिधालयका कर्मचारीहरुले समेत सहयोग गरेका थिए । नयाँ प्रधानाध्यापकको रुपमा यादव आएपछि उनले आफै पहल गरी सो शिविर सञ्चालन गराएका हुन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.