Home Top News प्रहरी भित्रको कुड़ा कर्कट हटाउन डीआईजी बसन्त कुंवरलाई चुनौती

प्रहरी भित्रको कुड़ा कर्कट हटाउन डीआईजी बसन्त कुंवरलाई चुनौती

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,

वीरगंज

एसएसपीबाट डीआईजीमा बढुवा हुँदा एक नम्बर स्थान पाएका नेपाल प्रहरीकाे भावी प्रहरी महानिरीक्षकको रूपमा चर्चामा रहेका हालमधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर माथि वर्षौंदेखि मधेश प्रदेशमा जम्मा भएका नेपाल प्रहरी भित्रकाे कुडा कर्कटहटाउने गम्भीर चुनौती रहेकाे छ।

अन्यत्र सरुवा भए तापनि नेपाल प्रहरीका द्रव्य पिशाच हाकिमहरूलाई नजराना चढाई दर्जनौं प्रहरीहरू यहाँ वर्षौंदेखि अड्डा जमाएरबसेका छन्

सप्तरी जिल्लामा प्रसनि उदय सिंह, प्रज सदानन्द ठाकुर, सिरहा जिल्लामा वरिष्ठ हवल्दार रामेश्वर खंग, हवल्दार प्रमोद यादव, निरजकुमार पाण्डे, सहायक हवल्दार प्रमोद चौधरी, सुरेन्द्र प्रसाद यादव, प्र. हवल्दार जितेन्द्र यादवलाई तस्कर असामाजिक तत्वहरुसँगसाँठगाँठ गरी द्रव्यमोचनको जिम्मेवारी दिईएकाे छ।

यसैगरी धनुषा जिल्लामा प्रसनि बडाबाबु यादव, प्र सुरेन्द्र ठाकुर, मनोज महतो, मोतीबाबु पटेल, . . आमोद चौधरी अर्का प्र महेन्द्र महतोलाई संघीय प्रहरी कार्यालय धनुषाकाे घुमुवा खटाईएकाे छ।

त्यस्तै महोत्तरी जिल्लामा वरिष्ठ सई आदित्य सिंह (जिप्रका खोटाङ दरबन्दी भएका) असई संजय पासवान (प्रहरी चौकी शिखरपुर काभ्रेदरबन्दी भएको) प्रह बैजु यादव रानीपोखरी काठमाण्डु दरबन्दी भएका प्रज राजेश यादव, सहायक हवलदार राजेश भन्ने राजेश्वरयादवलाई बिना वर्दीमा जिल्ला भित्र असुली कालागि हाकीमले खटाएका छन्

सर्लाही जिल्लामा चार वर्षमा पटकपटक गोरखकाली भंसार चौकीकाे इन्चार्ज भई कुस्त कमाएका प्रसनि श्याम सिंहलाई जिप्रकासर्लाहीले घुमुवाहरुकाे इन्चार्ज बनाएको छ। उनका सहयोगीकाे रूपमा . हवल्दार सुनिल ठाकुर, ध्रुप यादव, फुलगेन महतो, भुपेन्द्रकार्की प्रज विशाल बस्नेतलाई राखिएको छ। फूलगन भुपेन्द्रकाे दरबन्दी सिन्धुली जिल्लामा रहेको छ।

त्यसैगरी रौतहट जिल्लामा प्रसनि रामकिशोर यादव (दरबन्दी सिन्धुली)वरिष्ठ हवल्दार राजमंगल सिंह, . हवल्दार रामसेवक ठाकुरसुरेश यादव प्रज राजेश यादव धिरज पटेल घुमुवा खटाई दोहन कार्यमा लगाइएको छ।

बारा जिल्लामा प्रसनि रवी साह, बरिष्ठ हवल्दार जितेन्द्र महतो, प्रह राजु गुप्ता, काठमाण्डु दरबन्दी भएका सिम्रौनगढ़  वडा नं ११कास्थाई बासिन्दा सहायक हवल्दार महावीर साह सोनार,  प्र. विजय यादव, सुरज दास, ओमप्रकाश साहलाई ग्रामीण बोर्डर ईलाकाहेर्न सादा पोशाकमा खटाईएकाे भने राजमार्गकाे जिम्मा  प्रह वीरेन्द्र यादव वीरगंजबाट जाने मालबाहक सवारी साधनलाईधरपकड गरी असुलीकाे लागि ईप्रका सिमरामा वरिष्ठ हवल्दार संजय यादवलाई राखिएको छ। हवल्दार वीरेन्द्र यादवकाे दरबन्दीरौतहट हो।

पर्सा जिल्लामा प्रसनि गोपाल यादव, हवल्दार नजर सिंह, निरज सिंह हवल्दार लालबाबु साह सुरेन्द्र कार्की संजय साह कलवारफिरोज मन्सुर, अंकित सिंह, वप्रका विर्तामा प्रह उमेश यादव वप्रका श्रीपुरमा गंगा महतोलाई गोलमाल गर्ने जिम्मेवारी दिइएको छ।

काज फिर्ता नीतिको बर्खिलाप दर्जनौं प्रहरीहरुलाई उनीहरुकाे दरबन्दी स्थलमा पठाइएको छैन बारा जिल्लाकाे कमाइकोहिसाबले उत्कृष्ट ठहरिएको चौकीहरु जस्तै मुशहरवामा सई अजय राम, छतवा चौकीकमा कुबेर खतिवडा, प्रहरी चौकी पथलैयामा सईसुनिल सिंह, अमलेखगंजमा मधु पुडासैनी कलैया बसपार्कमा इन्चार्ज सई रहमान अताउल अंसारीकाे सरुवा अन्यत्र जिल्लामाभएतापनि उनीहरु सँग नजराना लिएर रमाना बुझाइएको एक प्रहरी अधिकारीले अंकुशलाई बताएका छन्

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.