Home समाचार प्रधानाध्यापक सरुवा विरुद्ध बिद्यार्थीहरु आन्दोलित, पठनपाठन अवरुद्ध

प्रधानाध्यापक सरुवा विरुद्ध बिद्यार्थीहरु आन्दोलित, पठनपाठन अवरुद्ध

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहटको यमुनामाई वडा न. २ स्थित श्री माध्यमिक विधालय भेडीयाहीको प्रधानाध्यापकको सरुवा गरेको बन्दै बिधालयमा अध्यनरत बिद्यार्थीहरु बिधालयमा ताल्चा लगाई २ दिन देखि प्रधानाध्यापकको सरुवा बदर गराउन माग गर्दै आन्दोलनमा उत्रेका छन । गाउँपालिकाले बिधालयका प्रधानाध्यापक उपेन्द्र यादवको सरुवा गाउँपालिका भित्रका श्री जनता माध्यमिक विधालयमा सरुवा गरेका छ्न । यमुनामाई मा. वि का प्रधानाध्यापक विरेन्द्र यादवको सरुवा मा.वि. भेडियाहीमा गरेका छन । हामीलाई पुरानै प्रधानाध्यापक चाहियो हामी नयाँ प्रधानाध्यापकलाई हाजिर हुन दिन्दिन भन्दै आन्दोलनमा उत्रेका छन । हिजो सरुवा भएर आएका नया प्रधानाध्यापक बिरेन्द्र यादव विरुद्ध बिद्यार्थी हरु नारावाजी गर्दै कक्षा संचालनमा समेत अवरुद्ध गरेका थिए । बिद्यार्थीहरु गाउँपालिकामा पुगी कार्यालय घेराउ गरेका छन । पुरानै प्रधानाध्यापक नआउन्जेल सम्म बिधालय संचालन हुन नदिने बिद्यार्थीहरुले प्रतिक्रिया दिएका छन । बिगत ७ वर्ष देखि प्रधानाध्यापकको रूपमा कार्यरत उपेन्द्र यादवको सरुवा जनता मा वि सरुअठा हुँदा त्यांहाका शिक्षक बिद्यार्थीहरु भव्य तरिकाले स्वागत गरेका छन । तर नयाँ सरुवा भएर आएका बिरेन्द्र यादवलाइ बिद्यार्थीहरु बिधालय आउन समेत रोक लगाएका छन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.