Home समाचार बालविवाह विरुद्ध धर्मगुरुहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बालविवाह विरुद्ध धर्मगुरुहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा बालविवाह विरुद्ध धर्मगुरुहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गरुडा स्थित रहेको होटेल एनपी स्टारमा सो अन्तरक्रिया कार्यक्रम गरिएको थियो । बालविवाह विरुद्ध प्रदेश स्तरीय संजाल तथा समावेशी विकास तथा अनुसंधान विकास केन्द्र फतुवा विजयपुर नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।
बालविवाह अन्त्यका लागि सामाजिक अभियन्ता, धार्मिक अगुवाहरू यूवाहरु बीच संवाद गरिएको थियो । कार्यक्रममा सहजीकरण संजालका सहजकर्ता ओमप्रकाश राम र केन्द्र संयोजक मदन रामले गरेका थिए । उनीहरुले बालविाह न्यूनिकरण कसरी गर्न सकिन्छ लगायतका विषयहरुमा जानकारी गराउँदै सबै राय,सुझाव पनि लिएका थिए ,
बाल विवाह अन्त्यका लागि सबै मिलेर न्यूनीकरण गर्नका निम्ति लाग्नु पर्ने आवश्यकता रहेको सहभागहरुले जोड दिएका हुन् । यूवाहरुले आफ्नो समाजमा जनचेतना जगाउने हिसाबले बाल विवाह अन्त्यका लागि युवाहरुको सक्रियताले धेरै ठूलो महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरुको भनाई रहेको थियो । सो कार्यक्रममा करिब २५ जना व्यक्तीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.