Home समाचार  माेटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

 माेटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
राैतहट र बारा सिमा धन्सरमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । आइतबार राती अन्दाजी ९ बजे सर्लाहीकाे हरिवनबाट बाराकाे निजगढ जाँदै गर्दा हरिवन -७ सर्लाहीका बर्ष ४० काे किरण लामा घिसिङकाे घटनास्थलमा ने मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । साे दुर्घटनामा गम्भीर घाइते भएकाे जनाएपनि अस्पतालले मृत्यु भएकाे जनाएपछि लामाकाे घटनास्थलमा नै मृत्यु भइसकेकाे बताइएकाे छ । मृत्यु भएका घिसिङ्ग निजगढ स्थित होलि एन्जल्स इङलिस बोर्डिङ स्कुलमा शिक्षकको रुपमा कार्यरत रहेकाे जनाइएकाे छ । दुर्घटना के कसरि भयाे भन्ने अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएकाे छ । हरिवनबाट चन्द्रनिगाहपुर हुँदै निजगढतर्फ आउदै गरेकाे मधेश प्रदेश ००४ प ३५५७ नम्बरकाे माेटरसाइकल दुर्घटनामा परेकाे हाे । घाइते युवाकाे साथबाट सर्लाहीकाे हरिवन नगरपालिकाकाे वडा नम्बर ७ घर भएकाे कमल बहादुरकाे छाेरा बर्ष ४० का किरण लामा घिसिङ नाम गरेकाे मतदाता परिचय पत्र फेला परेकाे थियाे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.