Home समाचार करको विषयलाई लिएर दुई पक्षबीच झडप, चार जना घाइते

करको विषयलाई लिएर दुई पक्षबीच झडप, चार जना घाइते

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा करको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । सो नपा स्थित बागमती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो । झडपमा दुबै पक्षका चार जना समान्य घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
बृन्दावनका मेयर विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा स्थानीयले कर उठाउन बनाइएको टहरा घरसमेत भत्काई आगो लगाई दिएका छन् । नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा दिउँसो दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । घटनापछि नगरप्रमुख पटेलका समर्थकहरु गौर–चन्द्रनिगाहपुर खण्डको हर्षाहा चौकमा टायर बाली प्रर्दशन गरेका थिए ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका स्थानीय नेता बसेर तत्काल अमानतमा निकासीको रसिद काट्न नदिन मेयर कुर्मीलाई अनुरोध गरेका थिए । नगरप्रमुख पटेलले तत्काल अमानतमा कर नउठाउने आश्वासन दिए पनि उनका आफन्तहरु मिलेर शनिबार घाटमा रसिद काट्न थाले पछि झडप भएको हो । ठूलो संख्यामा स्थानीय नदिमै पुगेर रोक्न खोजे पछि झडप भएको एमाले नेता प्रेमशंकर यादवले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलकै मिलेमतोमा अमानतमा निकासीको कर काटने काम भइरहेको भन्दै उनलाई कारबाहीको माग अघि सारेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.