Home समाचार तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा सतलोक आश्रम धनुषामा आजबाट शुरु, मधेस प्रदेशका सभामुख र गृह मन्त्री पनि सहभागी

तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा सतलोक आश्रम धनुषामा आजबाट शुरु, मधेस प्रदेशका सभामुख र गृह मन्त्री पनि सहभागी

by अंकुश दैनिक
1 views

जनकपुर ।
सतलोक आश्रम धनुषामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको बोध दिवसको उपलक्ष्यमा अमरग्रन्थ साहेबको तीन दिवसीय (फाल्गुन ३ देखि ५ गते सम्म) अखंड पाठ र विशाल भण्डारा आज देखि शुरु भएको छ । अखंड पाठ र विशाल भण्डारा कार्यक्रममा मधेस प्रदेशका सभामुख राम चन्द्र मण्डल, गृह मन्त्री शत्रुध्नप्रसाद सिंह एवं जनप्रतिनिधिहरुको पनि सतलोक आश्रम धनुषामा पुगेर सहभागिता जनाउनुभएको थियो । आश्रमका सबै व्यवस्था र संरचनाहरुको अवलोकन गरिसकेपछि उहाँहरुले भण्डारा प्रसाद पनि ग्रहण गर्नुभयो ।

विभिन्न धर्म सम्प्रदायका व्यक्तिहरु भएपनि कुनै किसिमको विभेद, असमानता नदेखिएको र आपसी सद्भाव, भाइचाराका साथ अनुशासित भएर निस्वार्थ सेवा गरेको देखेर एकदमै हर्षित भएको अनुभव मन्त्रीजी लगायत सबै अतिथिहरुले साझा गर्नुभयो । यस्ता कार्यक्रमले समाजबाट सबै विभेद अन्त्य हुने र समाजमा शान्ति स्थापना हुने भएकोले अन्यत्र पनि गर्नुपर्ने अनुरोध मन्त्रीज्युले गर्नुभयो।

“सन १९८८ फरवरी १७ तारीख फाल्गुन महीना औंशीको रात्रिमा संत रामपालजी महाराजलाई मन्त्रदीक्षा प्राप्त भएको थियो। उपदेश दिवस (दीक्षा दिवस) लाई संतमतमा उपदेशी भक्तको आध्यात्मिक जन्मदिन मानिन्छ।” सोहि दिनको स्मृतिमा उहाँको बोध दिवस मनाउने गरिन्छ र सो को उपलक्ष्यमा नेपाल र भारत गरी ९ वटा सतलोक आश्रमहरुमा विशाल भण्डारा आजदेखि शुरु भएको छ। जसमा निःशुल्क मन्त्रदीक्षा, रक्तदान शिविर, दाइजो तथा आडंबर रहित आदर्श विवाह आदि कार्यक्रमहरुको पनि आयोजन गरिएको छ।

लाखौंको संख्यामा श्रद्धालुहरु सहभागी भएको यस भण्डारामा शुद्ध घ्युमा बनेका लड्डु,जेरी,हलुवा प्रसाद मुख्य रहेको छ। आश्रममा आउने हरेक व्यक्ति लाई फर्किने बेलामा उक्त प्रसादको एक पोका पनि साथमा घर लैजानका लागि दिइने गरिएको छ। आश्रमका सबै व्यवस्थाहरु सर्व आगन्तुकका लागि नि:शुल्क रुपमा प्रदान गरिएको जानकारी संस्थाका अध्यक्ष कुमार डंगोल ज्युले दिनुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.