Home Top News मिस नेपाल-२०२३ को बिरगंज अडिसन सुरु

मिस नेपाल-२०२३ को बिरगंज अडिसन सुरु

by अंकुश दैनिक
5 views

सन्तोष रन्जितकार
बिरगंज ।

द हिडेन ट्रेजरद्वारा आयोजित मिस नेपाल-२०२३ को
बिरगंज अडिसन आजबाट सुरु भएको छ ।

होटल भिस्वामा पत्रकार सम्मेलनमार्फत अध्यक्ष दिवाकर राजकर्णिकरले आज बुधबारबाट मिस नेपाल-२०२३ को
बिरगंज अडिसन औपचारिक रूपमा सुरु भएको जानकारी दिनुभयो ।

उनले प्रतियोगितामा सहभागी हुन इच्छुकलाई बिहीबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए र शुक्रबार बिहान ९ देखि ११ बजेसम्म अडिसन लिइनेछ ।अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकरले आग्रह समेत गरेका छन् । अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन क्षेत्रीय अडिसनको थालनी गरेको थियो ।

यसैबीच, मिस नेपाल-२०२३ को आवेदन चैत १ गतेसम्म दिन पाइने भएको छ । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनालेको आयोजना हुनेछ ।

यस वर्ष ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् । यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन्

प्रतियोगिहरुलाइ विभिन्न बिध्याका उत्कृष्ट प्रशिक्षकहरु द्वारा दुई महिना तालिमहरु समेत संचालन गरिने सो पत्रकार सम्मेलनमा अध्यक्ष राजकर्णिकारले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मिस नेपाल अर्थ-२०२२ सरिशा श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल-२०२२ न्यान्सी खड्का लगायतले आ-आफ्नो धारणा समेत राखेका थिए । कार्यक्रमको सहजिकरण कान्तिपुर टेलिभिजनका सन्चारकर्मी निलम चन्दले गरेकी थिइन् भने समन्वय आयुष गुप्ताले गरेका थिए।

तस्वीर : सन्तोष रन्जितकार/अंकुशडेली

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.