Home खेलकुद केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि

by अंकुश दैनिक
0 views

काठमाडौं ।

केपी ओली कप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोलीगरी आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब, जावालाखेल युथ क्लब र आयोजक केपी ओली फुटबल क्लब सहभागी छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरू हुनेछ ।

अरू सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने फाइनल खेल चाहिँ दशरथ रंगशालामा हुनेछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.