Home Top News राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने आठ दलको निर्णय

राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने आठ दलको निर्णय

by अंकुश दैनिक
0 views

काठमाडौं।

बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकले भावी राष्ट्रपतिका विषयमा सहमति जुटाएको छ। ८ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिन सहमति जुटेको छ।

पुरानो गठबन्धनको बैठकमा जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुटारमा बसेको ८ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति जुटेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको ठूलो दल कांग्रेसबाट राष्ट्रपति बनाउन भनेर प्रस्ताव गरेको एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल लगायत नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.