Home समाचार सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

by अंकुश दैनिक
0 views

काठमाडौं ।

सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेकाे छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लामिछानेलाई  विदेश भ्रमणमा जाने अनुमति दिन अस्विकार गरेकाे हो। साथै, इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ आउँदो आईतबार पेशी तोक्न आदेश दिएको छ ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले निवेदक सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो आफ्ना शुभकामना रहेको बताए । तर,  प्रक्रियालाई हामीले छाड्न नमिल्ने उनको भनाइ छ । लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.