Home समाचार प्रकृतिप्रति सचेतना जगाउन तीन दिवसीय कार्यकम गरिने

प्रकृतिप्रति सचेतना जगाउन तीन दिवसीय कार्यकम गरिने

by अंकुश दैनिक
1 views

वीरगंज ।
वातावरण: जिउने आधारले प्रकृतिप्रति आम जनमानसमा सचेतना बढाउन `Rebirth our Environment´ भन्ने कार्यक्रमको आयोजना गर्न लागेको छ ।

कार्यक्रममा प्रकृतिप्रति सहभागीहरुमा सचेतना बढाउन पर्सा राष्ट्रिय निकुञ्ज भित्र जङ्गल अवलोकनका साथै विभिन्न रुख विरुवा सम्बन्धि अध्ययन संस्थाले गराउने भएको छ ।

कार्यक्रम यहि २०७९ चैत २१ गते देखि २३ गते सम्म तीन दिने हुने आयोजकले जनाएको छ। संस्थाका सदस्य दिवेश सरार्फका अनुसार सो कार्यक्रममा नेपाल र भारतका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

सो कार्यक्रममा सहभागी हुन संस्थाले आफ्नो अफिसियल पेजबाट रजिस्टर गर्न आग्रह गरेको थियो । रजिस्टर गर्नेको संख्या करिब ५००-६०० जना रहेको  र सोबाट नेपाल, भारत गरी जम्मा ३० जनाको मात्र चयन गरिएको संस्थाले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.