Home Top News सप्रमाण जग्गा धनीहरुलाई उपस्थित हुन महानगरको निर्देशन

सप्रमाण जग्गा धनीहरुलाई उपस्थित हुन महानगरको निर्देशन

by अंकुश दैनिक
0 views

सन्तोष रन्जितकार,
बिरगंज ।

सार्वजनिक जग्गा र बाटो मिचेर घर निर्माण गरेका जग्गा धनीहरुलाई वीरगंज महानगरले सप्रमाण कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ।

वीरगंज महानगरपालिका वडा नम्बर ६ कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्र नजिकै गौरीशंकर गुप्ता र वडा नम्बर ७ मा रेल्वे नजिक सडक अतिक्रमण गरी महन्त अग्रवाल, रवि अग्रवालले घर निर्माण गर्न लागेपछि निर्माण अनुमतिलगायत सप्रमाण शुक्रबार महानगरपालिकामा उपस्थित हुन महानगरले निर्देशन जारी गरेको हो ।

वीरगंज महानगरपालिकाबाट खटिएका नक्सा फाटका अमिन प्रमोद साह र सिर्जना यादवले उक्त दुवै ठाउँको स्थलगत अनुगमन गरेका थिए। अनुगमनको क्रममा गौरीशंकर गुप्तालाई आफ्नो कागजात माग गरेकोमा अहिलेसम्म नक्सा नै पास नगरी भवन निर्माण गरेको फेला परेको अमिन प्रमोद साहले जानकारी दिनुभयो । नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा उक्त टोली त्यहाँ पुगेको थियो ।

टोलीले अहिले तत्काल काम रोकी सप्रमाण सहित महानगरपालिकामा उपस्थित हुन निर्देशन दिएको हो। नगर प्रमुख सिंह अहिले सार्वजनिक जग्गा तथा सडक अतिक्रमण अभियानलाई तिब्रता दिदै आइरहेका छन् ।

वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जनको रोहवरमा उक्त भौतिक संरचना पर्खाल निर्माण भएको स्थानीय बासिन्दाहरुले बताएका छन् भने सो सडकमा वडा अध्यक्ष महर्जनले चासो समेत नलिएको स्थानीयहरूको आरोप रहेको छ।

सडक अतिक्रमण गरेपछि स्थानीय बासिन्दाले पहिला पनि महानगरपालिकामा निवेदन दर्ता गराएको र बिहिबार पुनः अर्को निवेदन दर्ता गराए पछी नगर प्रमुख सिंहको आदेशमा उक्त अनुगमन टोली त्यहाँ पुगेको थियो ।

नगर प्रमुख सिंहलेे भने “अब कसैले कानुन मान्दिन भन्छ भने त्यसलाई कानुन बमोजिमको कारवाही गर्न महानगरले कुनै कसर बाँकी राख्ने छैन।”

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.