Home समाचार ईशनाथमा लाेकसेवा कक्षा तयारी सम्बन्धि उपयोगी पुस्तक हस्तान्तरण

ईशनाथमा लाेकसेवा कक्षा तयारी सम्बन्धि उपयोगी पुस्तक हस्तान्तरण

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।

खुब पढु,पढते पढते निन्द लागे त ई मोट किताब सिरमा धके सुत जाउं ” एक कार्यक्रमका सहभागिहरुले बोलेका छन । ईसनाथ नगरपालिकाले सञ्चालन गरेको लोक सेवा आयोग तयारी कक्षामा शुक्रबार किताब बांडन पुगेका जनप्रतिनिधिहरुले मोटो किताब हेरेपछि माथिको कुरा बोलेका हुन । सो कार्यक्रममा ईशनाथ नगर प्रमुख काैशल्या देवी सिन्हाले लगानीको प्रतिफल आउने गरि मिहिनेत साथ पढ दिन सहभागिलाई आग्रह गरेकी थिइन् ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकुत भुदेव झाले लोकसेवलाई लकसेवा , लेवर सेवा अर्थात भाग्य र मिहिनेतकाे फलकाे रुपमा पनि लिने गरेकाे बताए । पटक पटकको प्रयासमा अनेकौं सफलताका कथा सुनाउदै पढने प्रतिप्रधि सफल हुने उनले दाबि गरे । खरिदार स्तरकाे तयारीका लागि ५० दिने कक्षा १० दिन आगाडी देखि शुरु गरिएको हो ।

लोकसेवा तयारी कक्षामा करिब एक सय पांच जना सहभागी रहेका छन । सो कार्यक्रममा नगर प्रमुख सिन्हा बिच ७६ जनालाई लोकसेवा आयोग कक्षा तयारीमा उपयोगि पुस्तक हस्तान्तरण गरेका छन । सो अवसरमा नगर उपप्रमुख प्रवेज आलम , वडा नम्बर ६ का अध्यक्ष जवाहरलाल साह दत्तचित्त भएर तयारी कक्षामा भाग लिई लोकसेवामा सफल हुदा नगरपालिकाको नाम हुने भएकोले तयारीमा जुटन आग्रह गरेका छन । सो तयारी कक्षामा महिला र पुरुष सहभागी समान संख्यामा रहेका छन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.