Home समाचार विष्णु महायज्ञको तयारी पुरा

विष्णु महायज्ञको तयारी पुरा

by अंकुश दैनिक
2 views

सत्येन्द्र प्रताप सिंह,
राैतहट ।

राैतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ बन्जरहामा श्री श्री श्री १००८ पाँच कुण्डिय विष्णु महायज्ञको तयारी पूरा भएको छ । सो वडाका अध्यक्ष विगु साह “व्यास जी”ले दिएको जानकारी अनुसार यज्ञकाे एक समारोह बिच नगर प्रमुख काैशल्या देवी सिन्हाद्वारा आउँदो फाल्गुन २९ गते सोमबार उद्घाटन हुने कार्यक्रम रहेकाे छ । नाै दिन सम्म संञ्चालन हुने महायज्ञमा आउने दर्शक तथा भक्तजनका लागी हरेक दिन दिउँसो पण्डित विधाशरण उपाध्यायबाट प्रबचन तथा संध्याकालमा महाआरती पछि रामलिला तथा रासलिलाको व्यवस्था गरिएको वडा अध्यक्ष साहले बताए ।

भारतको वनारसका विद्वान पंडित अरविन्द पान्डये मुख्य पुरोहितका रुपमा रहनु हुनेछ । सो यज्ञका मुख्य यजमानको रुपमा रहनु भएका समाजसेवी झगरु साह ,चुल्हाई सहनी ,खजान्ती प्रसाद , सुरेश प्रसाद साह र रामएकवाल साहले ध्वजा राेपनको दिन देखि विधिपुर्वक नित्य पुजा संध्या आरती गर्दै आई रहेका छन ।नाै दन सम्म चल्ने सो महायज्ञमा नेपाल र भारतका गरि लाखाै दर्शक तथा दर्शनार्थी आउने आयोजकले अनुमान गरेका अंकुशलाई बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.