Home समाचार बिरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल अग्रवाल

बिरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल अग्रवाल

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,
बिरगंज ।

बिरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल कुमार अग्रवाल (पटवारी) सर्वसम्मत चयन भएका छन् । वीरगन्जमा मंगलबार सम्पन्न संघको ४७ औं वार्षिक साधरणसभाले संघको अध्यक्षमा अग्रवाललाई सर्वसम्मत चयन गरेको हो।

संघका ३५ जना कार्यसमिति यसअघि निर्विरोध चयन गरिएकोमा ती मध्येबाट पदाधिकारीहरुको आज मंगलबार घोषणा गरिएको हो।

अध्यक्षमा अग्रवालका साथै बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष लाठ, कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार , उद्योग सचिवममा सुशान्त चाचान, वाणिज्य सचिवमा प्रेमचन्द गोयल सर्वसम्मत चयन भएका छन् । यसैगरि सहकोषाध्यक्षमा अनोज रूंगटा तथा सहसचिवमा नरेश टिवडेवाल र निरज अग्रवाल पनि सर्वसम्मत चयन भएका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.