Home अन्तर्राष्ट्रिय रूसी राष्ट्रपति भ्लादिमिर पुटिन विरूद्ध पक्राउ पुर्जी जारी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन विरूद्ध पक्राउ पुर्जी जारी

by अंकुश दैनिक
7 views

एजेन्सी ।

इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीले राष्ट्रपति पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको हाे । जसमा बालबालिकालाई गैरकानूनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ । रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ । पुटिन विरुद्धकाे पक्राउ पुर्जीकाे बारेमा टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला आफ्नो देशका लागि कानूनी रुपमा कुनै अर्थ नभएको टिप्पणी गर्नुभएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.