Home समाचार आईसीसी क्रिकेट विश्वकप लिग- २ मा उत्कृष्ट प्रदर्शन गरेका आसीफ र आरीफलाई बिरगंज महानगरद्वारा स्वागत तथा सम्मान

आईसीसी क्रिकेट विश्वकप लिग- २ मा उत्कृष्ट प्रदर्शन गरेका आसीफ र आरीफलाई बिरगंज महानगरद्वारा स्वागत तथा सम्मान

by अंकुश दैनिक
2 views

अंकुश संवाददाता,
बिरगंज ।
आईसीसी क्रिकेट विश्वकप लिग- २ मा उत्कृष्ट प्रदर्शन गरेका बिरगंजका दुई खेलाडीलाई बिरगंज महानगरपालिकाले भब्य स्वागत तथा सम्मान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ्ग व्याट्सम्यान आसीफ शेष र अलराउण्डर आरीफ शेष विश्वकप क्वालिफायरमा छनौट भएपछि पहिलो पटक गृहनगर बिरगंज आएको बेला महानगरले स्वागत तथा सम्मान गरेको हो ।

महानगरपालिकाको कार्यालयमा मेयर राजेशमान सिंहले उनीहरुलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए । त्यस अवसरमा आरिफ र आसिफका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि सम्मान गरिएको थियो ।

मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुर्‍याउन विशेष भूमिका निर्वाह गरेकोमा उनीहरुको प्रशंसा गर्दै चैत १७ गते नागरिक अभिनन्दन गर्ने घोषणा गरे । बिरगंज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक एक थान यमहा एफ जेड एफ आइ मोटरसाइकल सोही दिन दिने महानगर प्रमुख सिंहले बताए ।

महानगरको सम्मानले आफूहरुलाई अझ हौंसला थपिदिएको प्रतिक्रिया उनीहरुले दिएका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.