Home समाचार नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित

नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित

by अंकुश दैनिक
1 views
अंकुश संवाददाता,
बिरगंज ।
बिरगंज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी छिन् । आइतबार भएको निर्वाचनमा ९१ मत प्राप्त गर्दै चौधरी सभापतिमा निर्वाचित भएकी हुन् ।
सचिवमा सृष्टि तिमल्सिना र कोषाध्यक्षमा अर्चना गुप्ता निर्वाचित भएका छन् । सदस्यहरुमा अनेरास्ववियुका मुना श्रेष्ठ, विवेक रानाभाट र ने.बि.संघका स्मृति थापा निर्वाचित भएका छन् ।
अनेरास्ववियुले समानुपातिक तर्फ ९१ मत प्राप्त गरेको छ भने नेविसंघले ३० मत प्राप्त गरेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.