Home Top News तस्करी लाइनको रुट परिवर्तन, पर्सा उजाड रुपन्देही गुलजार

तस्करी लाइनको रुट परिवर्तन, पर्सा उजाड रुपन्देही गुलजार

by अंकुश दैनिक
22 views

वीरगंज ।

पर्सा जिल्लामा लाईन बांधेर काठमाण्डौ सम्म निर्वाध तस्करी गर्ने गिरोह स्थानीय प्रहरी प्रशासनले कड़ाई गर्दा रुपन्देही पलायन भएका छन्।
नवोदित “डन”को भूमिकामा अहिले वीरगंजका नामूद नाम चलेका कपड़ा तस्कर मदन गुप्ता (रुन्चे) र चितवन निवासी राजु थापा (राजेन्द्र)ले केहि हप्ता अगाडी राजधानीमा मीटिंग बसेर भैरहवा बोर्डरबाट लाइन चलाउने सहमति बमोजिम प्रधानमन्त्री पुत्री गंगा दाहाललाई मासिक ५० लाख नजराना चढ़ाउने शर्तमा माथिबाट “लाइन” मिलाएका छन्।
रक्सौलका कपड़ा तस्कर रामशंकर र गुड्डू समेतको यसमा संलग्नता रहेको बताईन्छ। राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहत ल्याएर तत्कालीन प्रधानमंत्री केपी ओलीले चलाएको रजगजलाई त्यसपछिका प्रधानमंत्री समेत निरन्तरता दिईरहेको कारण यो संगठन कमाउने धन्दामा लागेको छ।
भैरहवा भंसारबाट काम गर्ने भंसार एजेंट मिलन गुरुङको पहलकदमीमा जाली कागजातको आधारमा दैनिक ४ देखि ५ ट्रक कपड़ा काठमाण्डौ भित्रीरहेको हाम्रो संवादसूत्रले दाबी गरेको छ। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईको सहयोग त्यताका तस्करहरुले भरपूर पाइरहेको चर्चा प्रहरीभित्र व्याप्त छ।

यता भने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल साह र १३ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको कारण पर्सा जिल्ला तस्करहरूको लागि उजाड़ र रुपन्देही जिल्ला गुलजार भएको स्थानीय कैरियरहरूको भनाई रहेको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.