Home समाचार गिरिजा प्रसाद कोइरालाकाे स्मृति दिवसमा दीप प्रज्वलन

गिरिजा प्रसाद कोइरालाकाे स्मृति दिवसमा दीप प्रज्वलन

by अंकुश दैनिक
2 views

अंकुश संवाददाता,

बिरगंज ।
नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को आयोजनामा दीप प्रज्वलन कार्यक्रम माईस्थान मन्दिर परिसरमा सम्पन्न भएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले गिरिजाप्रसाद कोइरालाको योगदान स्मरणीय रहने बताए । कोइरालाले देखाएको सहमती सहकार्य र एकताको खाचो अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं १का सभापति अरबिन्द गुप्ताको संयोजकत्वमा भएको कार्यक्रममा बिरगंज महानगरका पुर्व उप-प्रमुख शान्ति कार्की, पुर्व जिल्ला उप-सभापति दिना गुप्ता,नेपाली कांग्रेसका नेता बिरेन्द्रलाल नेपाली, नरेन्द्र साह, बिजय सरार्फ, मणिन्द्रलाल नेपाली, अनिल श्रीवास्तव, कार्यपालिका सदस्य कनिका कौसिक, कन्हैया ठाकुर,वडा अध्यक्ष जगत साह कानु,धुर्व नेपाल, महाधिवेशन प्रतिनिधि मनोजा चौधरी, मिन्तु सिंह,डा. शुष्मा द्विवेदी,प्रिति सिंह, क्षेत्रीय सचीव बिनय गुप्ता,हरि यादव लगायत नेता कार्याकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस पर्सा क्षेत्र १का प्रवक्ता अनिल यादवले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.