Home समाचार राहुल गान्धीलाई दुई वर्षको जेल सजाय, जमानतमा रिहा

राहुल गान्धीलाई दुई वर्षको जेल सजाय, जमानतमा रिहा

by अंकुश दैनिक
0 views

एजेन्सी ।
“सबै चोरहरुको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्तिका कारण भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको छ।

गुजरातको सूरत सेशन अदालतले आपराधिक मानहानीको मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै २ वर्षको सजाय सुनाएको हो। भारतीय दण्ड संहिता ‘इन्डियन पिनल कोड’ (आईपीसी)मा आपराधिक मानहानीको मामिलामा अधिकतम २ वर्षको सजाय हुने प्रावधान छ।

राहुललाई अदालतबाट तुरुन्तै ३० दिनका लागि जमानत समेत प्राप्त भएको छ। अदालतले राहुललाई माथिल्लो अदालतमा निवेदन दिने समय पनि दिएको छ।

सन् २०१९ मा कर्नाटकमा आयोजित एक र्‍यालीका दौरान राहुलले ‘सबै चोरहरुको थर मोदी किन हुन्छ?’  भन्ने अभिव्यक्ति दिएका थिए। राहुलको उक्त अभिव्यक्तिले सम्पूर्ण मोदी समाजको अपमान गरेको भन्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए।

४ वर्ष पुरानो यो मामिलामा गुजगारको सूरत कोर्टले बिहीबार राहुललाई दोषी ठहर गरेको हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.