Home समाचार गुप्ता र तेलीलाई अनुशासनको कार्वाही

गुप्ता र तेलीलाई अनुशासनको कार्वाही

by अंकुश दैनिक
1 views

बिरगंज ।

नेपाली कांग्रेस पर्सा र मधेस प्रदेश अनुशासन समितिले ने.का.पर्सा क्षेत्र नं १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता र पुर्व प्रदेश सभा सदस्य राजेश्वर साह तेलीलाई केन्द्रमा कार्वाहीको लागी सिफारिस गरेको छ ।
ने.का.पर्साले २०७९-०८-१५ गते गुप्ता र तेलीले चुनावमा सहयोग नगरेको कारण देखाई अनुशासनको कार्वाही गर्ने मधेस प्रदेशलाई पत्र पठाएको थियो । ने.का. मधेस प्रदेशको अनुशासन समितिले २०७९-१०-११ गते बैठक बसी जिल्लाको निर्णयलाई सदर गरी केन्द्रिय अनुशासन समितिलाई पत्र पठाएको संयोजक सुरेश प्रसाद यादवले ने.का.पर्सालाई जानकारी गराए ।

अहिले समाजिक संजालमा सोही पत्र सार्वजनिक भएपछि अरबिन्द गुप्ता संग अंकुशले प्रतिक्रिया बुझ्न् खोज्दा उन्ले आफू इमानदारी पुर्वक नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन लागी परेको तर जिल्लामा जिम्मेवार पद बसेकाहरूले गठवन्धनका उम्मेदवारलाई भाेट नदिइ प्रदीप यादवलाई भोट दिएकोले गठवन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णको जमानत जफत भएको बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.