Home समाचार स्व. नरेश स्मृति पत्रकारिता पुरस्कार सिंहलाई

स्व. नरेश स्मृति पत्रकारिता पुरस्कार सिंहलाई

by अंकुश दैनिक
0 views

अंकुश संवाददाता,
बिरगंज ।
स्व. नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतले पाउने भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको शनिवार सम्पन्न बैठकले स्व. नरेश स्मृती पुरस्कार राजपुतलाई प्रदान गर्ने निर्णय गरेको हो ।

महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले विगतका निर्णय र सम्पन्न कार्यको समीक्षा गर्नुका साथै यही चैत १६ गते महासंघको स्थापना दिनस मनाउने पनि निर्णय गरेको हो ।

विगत एक दशक देखि पत्रकारिता गरिरहेका र ४० वर्ष उमेर नकाटेका पत्रकारलाई पुरस्कार दिने महासंघको यसअघिको निर्णय अनुसार नै पत्रकार सिंहलाई पुरस्कृत गर्ने निर्णय गरिएकाे अध्यक्ष तिवारीले बताए ।

प्रेस चाैतारी पर्साको सचिव समेत रहेका पत्रकार सिंह हाल रेडियो नेपाल , एन्युज टेलिभिजन र पब्लिक एफएममा कार्यरत छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.