Home Top News हिन्दू परिषद नेपालका केंन्द्रिय सदस्य झाले संचालन गरेको चिकेन स्टेशन वीरगंजमा गाईकाे कबाब

हिन्दू परिषद नेपालका केंन्द्रिय सदस्य झाले संचालन गरेको चिकेन स्टेशन वीरगंजमा गाईकाे कबाब

by अंकुश दैनिक
0 views

वीरगंज।
हिन्दू परिषद नेपालका केंन्द्रिय सदस्य रहेका अरुण झाले संचालन गरेको लोहारपट्टी स्थित चिकेन स्टेशनमा रमदानको अवसरमा गाईको कबाब १०% छुटमा विज्ञापन सामाजिक संजालमा आएपछि सर्वत्र आलोचना भएपश्चात् चिकेन स्टेशन नामक फेसबुक पेजबाट सो विज्ञापन हटाइएको छ।

धर्म,संस्कृति स्थापनार्थ ब्राह्मण समुदायले प्राण त्याग गरेको इतिहास पढ़दै आएको हाम्रो समाजमा ब्राह्मणको नाममा पैसा मात्र कमाउने उद्देश्य बोकी हिंड़ने अरुण झा जस्ता ब्राह्मणहरूको कारण सिंगो ब्राह्मण समाजमाथि औँला ठड्याउने मौका विरोधीहरुले पाउँछन्।


यस सन्दर्भमा अरुण झासँग बुझ्दा उनले भूलवस `beef´ हुन गएको प्रतिक्रिया दिएर पन्छिन खोजे।

यस सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग बुझ्दा वहाँले यो विज्ञापन नेपालको प्रचलित कानून विपरीत भएको भन्दै प्रमाणित भएमा कठोर कारवाही गरिने प्रतिक्रिया दिनुभयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.