Home समाचार मधेस आन्दोलनको मान्यतालाई संरक्षण गर्न गाैर नगर प्रमुख साहसंग लोसपा राैतहटको जोडदार माग

मधेस आन्दोलनको मान्यतालाई संरक्षण गर्न गाैर नगर प्रमुख साहसंग लोसपा राैतहटको जोडदार माग

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
लाोकतान्त्रिक समाजवादी पार्टी नेपाल राैतहटले मधेस आन्दोलनले स्थापित गरेका मान्यतालाई संरक्षण गर्न माग गर्दै नगरप्रमुख शम्भु साहलाई ज्ञापन पत्र बुझाएको छ ।लोसपा रौतहटका अध्यक्ष लिलाप्रसाद साहको नेतृत्व टोलीले गौर नगरपालिकाका प्रमुख शम्भु साहलाई ज्ञापन पत्र बुझाएको हो ।

मधेस क्रान्ति चाैकले परिचित स्थानमा नगरपालिकाले निर्माण गर्नलागेको घण्टाघर तथा विपि कोइरालाको शालिक राखिने स्थान वरिपरि मधेस आन्दोलनमा राैतहटबाट शहिद हुनेहरुको पनि शालिक राख्नु पर्ने माग लोसपा रौतहटले गरेको हो ।
ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार व्यक्ति समय अनुसार राजनैतिक दल परिवर्तन गरे संगै दायित्व परिवर्तन हुदैन ।तत्कालिन अवस्था प्रति गम्भीर भई निर्णयमा पुनविचार गर्न ज्ञापन पत्रमार्फत अनुरोध गरेका छन ।

गाैर नगरप्रमुख शम्भुसाहले ज्ञापन पत्र बुझ्दै लोकतान्त्रिक समाजवादी पार्टी रौतहटका अध्यक्ष लिला प्रसाद साहले गरेका माग सम्बन्धित सबैसंगको बैठक बोलाई सम्बोधन गर्ने बताए ।

एतिहासिक मधेश आन्दोलनको मान्यतासंग जाेडिएर ज्ञापनपत्रमार्फत गरिएको माग जायज रहेको नगरप्रमुख साहले बताएका छन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.