Home अन्तर्राष्ट्रिय राहुलको सांसद पद खारेजीको विरोधमा भारतभर सत्याग्रह

राहुलको सांसद पद खारेजीको विरोधमा भारतभर सत्याग्रह

by अंकुश दैनिक
0 views

एजेन्सि ।  

भारतीय कंग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेजीको विरोधमा आज कंग्रेस आईले भारतभर सत्याग्रह गर्ने भएको छ ।  कंग्रेसले लोकसभाका लागि राहुललाई अयोग्य घोषित गरेको विरोधमा आइतबार सबै प्रदेश र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको हो ।

प्रदर्शन महात्मा गान्धीको प्रतिमा अगाडि गरिने छ । राहुल गान्धीसँग ऐक्यबद्धता जनाउन यसलाई एक दिवसीय ‘सत्याग्रह’ नाम दिइएको छ।  कार्यक्रम भारतीय समयअनुसार  बिहान १० बजे सुरु भएर साँझ ५ बजे समाप्त हुनेछ ।

केरलका वायनाडका लोकसभा सदस्य गान्धीको संसद सदस्यता शुक्रबार खारेजी भएको थियो । लोकभा सचिवालयले पत्र जारी गर्दै उनको संसद पछ रद्द गरिएको जनाएको थियो । मानहानि मुद्दामा उनलाई बिहीबार अदालते दुई वर्षको जेल सजाय सुनाएको थियो ।

सन् २०१९ मा कर्नाटकको एक सभामा मोदी थरलाई लिएर बयान दिएका थिए । उनले त्यहाँ ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भनी प्रश्न गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.