Home समाचार जनमत पार्टी रौतहट कार्यसमिति मन्त्री कुशवाहको गोजीमा, पदभार ग्रहण कार्यक्रममा कार्याकर्ताहरुको बिरोध

जनमत पार्टी रौतहट कार्यसमिति मन्त्री कुशवाहको गोजीमा, पदभार ग्रहण कार्यक्रममा कार्याकर्ताहरुको बिरोध

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।
जनमत पार्टी गौरद्वारा आयोजित नवनियुक्त जिल्ला इन्चार्जको पदभार ग्रहण कार्यक्रममा जनमत पार्टी कै कार्याकर्ताहरुले बिरोध गरेका छन ।
जनमत पार्टी जिल्ला कार्य समिती गौरको आयोजनामा नवनियुक्त जिल्ला इन्चार्ज बृजकिशोर यादवको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा रौतहट क्षेत्र -२( क )का बिधायक प्रत्याशी मो .आलम उर्फ बाबू साहेब , रौतहट क्षेत्र -४ का परिवेक्षक रामबिश्वास पासवान , इशनाथ नगरपालिकाको मेयर प्रत्याशी रामउदय साह , उपमेयर पुनम देवि झा, पुर्व जिल्ला सदस्य रामेश्वर यादव, गढिमाई नगरपालिका -३ का वडा अध्यक्ष प्रत्याशी फजले हक अंसारी लगायत पार्टी कार्याकर्ताहरुले कार्यक्रम बहिष्कार गरेका छन् ।
रौतहट क्षेत्र -२ (क) का बिधायक प्रत्याशी मो .आलम उर्फ बाबू साहेबले जनमत पार्टीको केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश सरकारका कृषि मन्त्री इ. बसन्त कुशवाहाको इसारामा नाच्ने स्वकीय सचिव बिरेन्द्र साहले आफ्नो बपौती पार्टी तथा रौतहट जिल्लामा कुशवाहा , साहको जातीय नारा लगाएका कुरा प्रकाश आएको हो ।

जनमत पार्टीद्वारा नवनियुक्त जिल्ला इन्चार्ज तथा पदभार ग्रहण कार्यक्रममा कृषि मंन्त्री बसन्त कुशवाहाको भाई सुबन्त कुशवाहा र स्वकीय सचीव बिरेन्द्र साहले एकलौटी पार्टी बुझेर कुशवाहा , साह बाहेक अन्य जातिको विभिन्न संघसंगठनका पदाधिकारी, सदस्य तथा कार्यकर्ताहरुलाई आसन ग्रहण नगराएपछी विवाद भएको हो ।

कृषि मंन्त्रीको गोजिका मान्छेद्वारा जनमत पार्टीको कार्याकर्तालाई लात हानेर कार्यक्रमबाट बाहिर गरेको स्रोतको दावी रहेको छ । पार्टीलाई विखण्डन तर्फ लगेको र उक्त कार्यले निराशा कार्यकर्ताहरु अर्को पार्टीमा जान लागेको एक कार्याकर्ताले गुनासो गरे।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.