Home समाचार दोस्रो प्रदेश स्तरीय गिरिजा प्रसाद कोइराला गाेल्ड कपको उपाधी बाराले जित्यो

दोस्रो प्रदेश स्तरीय गिरिजा प्रसाद कोइराला गाेल्ड कपको उपाधी बाराले जित्यो

by अंकुश दैनिक
0 views

सन्तोष रन्जितकार,
बिरगंज ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसरमा चैत ११ गतेदेखि आयोजित प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिमहरुको सहभागीता रहेको थियो।शनिबार को फाइनल खेल मा मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बाराले जित हासिल गरेको छ ।वीरगन्जको आदर्शनगर रंगशालामा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा पर्सालाई १–० ले स्तब्ध पार्दै बाराले उपाधि जित्न सफल भएको हो ।

पहिलो हाफको ३८ औं मिनेटमा बाराका लागि सन्देश चौधरीले गरेको एकमात्र गोल नै निर्णायक बनेपछि उपाधी बाराको पोल्टामा पर्न गएको हो । पहिलो हाफमै १–० ले पछि परेको पर्साले दोश्रो हाफमा भने केहि सुधारात्मक प्रदर्शन गरेता पनि सफलता प्राप्त गर्न सकेन तर बाराको रक्षापंक्ती अझ सशक्त हुदाँ पर्साका स्टाइकरले राम्रा अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसकेपछि खेलको अन्तिम नतिजा बाराको पक्षमा गएको हो ।
उपाधीसंगै बाराले नगद १ लाख ५० हजारसंगै ट्रफी पायो भने उपविजेता पर्साले नगद ७५ हजारमै चित्त बुझाउनु परेको थियोे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पर्साका कार्लोस पटेल घोषित भए । यस्तै उत्कृष्ट स्टाइकर पर्साकै सुजल डंगोल , उत्कृष्ट मिडफिल्डर पर्साकै कृष्ण शाक्य , उत्कृष्ट गोलरक्षक बाराका दिलमणी चौधरी र उत्कृष्ट रक्षक बाराकै विश्वास गुरुङ घोषित भएका थिए ।

प्रतियोगिताको समापन समारोहमा मधेस प्रदेश सरकारका वनराज्यमन्त्री रहबर अन्सारी र प्रदेश सभा सदस्य श्याम पटेलले विजेता र उपविजेता टिमलाई नगद पुरस्कार र ट्रफी प्रदान गरे । दुवै टिमका खेलाडीलाई मेडल भने आयोजक गिरिजा प्रसाद कोइराला फाउण्डेशनका मधेस प्रदेश संयोजक महम्मद शाहबुद्धिनले प्रदान गरे का थिए ।
शनिबार फाउण्डेन मधेस संयोजक शाहबुद्धिनको अध्यक्षतामा आयोजित समापन समारोहमा पर्सागढी नगरपालिकाका पुर्व मेयर लोकनारायण यादव , काँग्रेस नेताहरु प्रकाश उपाध्याय , दिना प्रसाद गुप्ता , कन्चन झा,नेतृहरु मिन्टु सिंह , मनोजा चौधरी , लोसपा नेता निजामुदिन समानी , नेकपा एकिकृत समाजवादीका अध्यक्ष बालगोपाल थापा , फाउण्डेसन पर्साका अध्यक्ष धिरज कुमार गुप्ता , सन्तोष सिंह, मनोहर गुप्ता , दिलिपराज कार्की , पर्साका प्रहरी नायब उपरीक्षक प्रहलाद बुढाथोकी लगायतको पनि सहभागिता थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.